0%
Still working...

पुरञ्जन उपाख्यानको तात्पर्य

राजा प्राचीनर्बाहले भन्नुभयो- हे नारदजी, तपाईंले भन्नुभएको पुरञ्जनका कथाको अभिप्राय विवेकीले मात्र बुझ्नसक्छन् । म कर्मले मोहित छु, बुझ्नसकिन । अतः यसको तात्पर्य सम्झाइदिनुहोस् ।

नारदजीले प्राचीनबर्हिको कुरा सुनेर भन्नुभयो- हे राजन्, पुरञ्जन भनेको यो शरीररूप पुर (नगर) बनाउने जीव अर्थात् पुरुष हो । उसको अविज्ञात नामको साथी ‘ईश्वर’ हो जसलाई जीवले चिन्दैन । मनुष्यको बुद्धि अथवा अविद्या पुरञ्जनी स्त्री हो किन भने बुद्धिले आश्रय लिएर पुरुष इन्द्रियद्वारा विषयको भोग गर्छ। यो शरीर नगर हो जहाँ जीव बस्छ । त्यस स्त्रीका दशजना सेवक कर्मेन्द्रिय र ज्ञानेन्द्रियगरी दशइन्द्रिय हुन् ।

इन्द्रियका वृत्तिहरू नै नाविकाहरू हुन् । पञ्चधाण चिकणावाला सर्व हो जसले यस शरीरको रक्षा गर्छ। विनीहरूको नामक एघारों मन हो। शब्द, स्वर्ण, भय, रस र गन्ध वी विषयहरू पाञ्चाल देश हो जुन देशका बीचमा यो नौ डोके नगररूपी शरीर बसेको छ। नाकका दुद पोरा, दुद कान, दुइ बांखा, मुख, गुदा र लिङ्ग वी नौवटा ढोका हुन्। यिनै ढोका भएर जीव इन्द्रियसित बाहिरी संसारमा पुम्छ। दुइ आँखा, दुइ कान, बुद्द नाकका छिड र मुख उँभोका देला र गुदा औ लिङ्ग उँधोका देला हुन्। आँखा, नाक र मूख पूर्व पट्टिका द्वार हुन् । दाहिने कान दक्षिणको र देब्रे कान उत्तरको द्वार सम्मनु। गुदद्वार र लिङ्ग पश्चिमतिरका डोका हुन्। जीव सद्योता र आविमुती नामका दुइ आंग्लाद्वारा शुमान् नामको साथी नेत्र-इन्द्रियसित विभ्राजित् नामभएको रूप-देश हेर्छ। नलिनी र नालिनी नामका दुइ नाकका छिद्रद्वारा अवधूत नामको साथी-प्राणेन्द्रियसित सौरभ नामको गन्धदेश सुग्छ। मुख्या नामको मुखद्वारा विवण नामको बाक् इन्द्रिय र रसज्ञ नामको जिब्रो यी दुइ साथीसित आपण नामको वाणीदेश र बहूदन नामको अन्नदेशमा क्रमेले जान्छ। यसैगरी पितृह नामको दाहिने कानद्वारा श्रुतधर नामक श्रवण-इन्द्रियको सहायताले कर्मकाण्डरूपी प्रवृत्तिमार्गस्वरूप दक्षिणपावाल देशरूपी साख सुनेर, पितृयानमार्गले जान्छ अनि यहीं जीव देवहू नामको दाहिने कानद्वारा साथी धूतघर-धवण-इन्द्रियकै सहायता लिएर ज्ञानयोगरूपी निवृत्तिमार्ग स्वरूप उत्तरपाञ्चाल देशरूपी शास्त्र सुनेर देवयानमार्ग भएर जान्छ। यस्तै प्रकारले मनुष्य आसुरी नामक लिङ्गद्वारा दुर्मद नामको उपस्थ-इन्द्रियलाई साथी बनाए ग्रामक नामको श्रीप्रसङ्गरूपी देश जान्छ अनि निश्रुति नामको गुदाद्वारा लुब्बक नामको पायु-इन्द्रियलाई साथलिएर वैशस नामको नरकदेश जान्छ। हात र गोड़ारूपी दुइ अन्धाको सहायताले मनुष्य सबै काम गर्छ अनि सबै ठाउँ पुग्छ। विपूचीन नामको मुख्य सेवक मनद्वारा मनुष्य अन्तःपुररूपी हृदयमा सुख-दुःखको अनुभव गर्छ । पुरञ्जनी नामकी रानीरूपी वृद्धि सपनामा ज्ञे विपनामा पनि इन्द्रियहरूलाई विकृत गराएर निगुण आत्मालाई इन्द्रियका गुणले छोपेर इन्द्रियका वृत्तिको नकल गर्न लाउँछे।

हे राजन्, अब म पुरञ्जनका शिकारयात्राको तात्पर्य भन्छु, सुन। मनुष्यको शरीर रथ हो। ज्ञानेन्द्रिय पांच घोड़ा हुन्। काल वेग हो। पुण्य र पाप चक्का हुन् । सत्वनादि तीन गुण रथका ध्वजा हुन् । पञ्च प्राण पाँचवटा डोरी हुन् । मन लगाम हो। बुद्धि सारथी हो। हृदय जोवको बस्नेठाउँ हो। सुख-दुःखबादि इन्द्र (ओड़ी) जुवा हुन् । शब्दादि विषय पाँच हतियार हुन्। रगतनादि सात धातु पर्दा हुन् नति पाँच कर्मेन्द्रिय रथका पाँच किसिमका गति हुन्। यस रथमा चढ़ेर मनुष्य सपना जस्तो झूटो संसारमा विषयभोग गर्नथाल्छ। यसरी विषयभोगगर्नु नै अन्यायपूर्वक् शिकारखेल्नु हो।

काल अर्थात् समयको ज्ञान गराउने संवत्सर गन्धर्वराज चण्डवेग हो। यसका अधीनका तीन सय साठी सेवक दिन हुन् अनि सेविका तीन सय साठी रात हुन्। यिनै दिन-रात पालै-पिलो गरेर मनुष्यको आयु लूट्त छन् । कसैले मन नपराउने कालकी छोरी बुड्याइँ हो। यवनराज मृत्युले लोकसंहार गर्न बूड्याइँरूपी कालकन्या-लाई बहिनी बनायो अनि शीतज्वर र उष्णज्वररूपी प्रज्वारलाई भाइ बनायो। मानसिक दुःख-आधि र शारीरिक दुःख-व्याधि यी दुइ पैदल सेना हुन् ।

यसप्रकार मनुष्य अज्ञानले गर्दा आधिभौतिक, आधिदैविक र आध्यात्मिक कष्ट भोग्दै सयवर्ष सम्म बाँचिरहन्छ। यो जीवमा रहने आत्मा निर्गुण भएपनि प्राण, इन्द्रिय र मनलाई बँगालेर अनेक तरहको कर्म गर्छ। सूयं झें स्वयम्प्रकाश छ तापनि पकृतिका सत्व आदि गुण र कर्मले बाँधिए भिन्न-भिन्न योनिमा जन्म लिन्छ । यसरी देवयोनि, मनुष्ययोनि अथवा पशुयोनिमा जन्मलिएर त्यो मनुष्य कहिले पुरुष, कहिले स्त्री र नपंसक हुन्छ । भोकाएर घर-घर चहार्ने कुकुर झें कहिले पिटाइ, कहिले मिठाई सदि कर्मअनुसार सुख-दुःख भोग्छ । यी आधिदैविकआदि तीनप्रकारका दुःख मध्ये एउटा न एउटा दुःखले छोड़दैन । काँधमा बोकेको भारी पिठ्यूँमा सार्दा पनि गह्रौं त हुन्छ नै त्यस्तै एउटा दुःखले छोड्‌यो भनेपनि अर्को दुःख आइपरिहाल्छ । कर्मको फलभोगबाट छुट्‌कारा पाउन अविद्यायुक्त कर्मद्वारा सकिंदैन । यसबाट पूरा छुट्‌कारा गराउने एउटै उपाय आत्मज्ञान मात्र हो । यसको लागि भगवान् श्रीहरिमा दृढ़-भक्ति चाहिन्छ । भक्तिले ज्ञान र वैराग्य उत्पन्न हुन्छ र अन्तमा मुक्ति प्राप्त हुन्छ । ऋषि-महर्षिआदि वेदवादी जति छन् उनीहरूले पनि तपस्या, उपासना र समाधिद्वारा भगवत्तत्व पत्तो लाउनसकेनन् । सबै वेदमन्त्रद्वारा उनै प्रभुको पूजन गर्छन् तथापि भगवान्‌को स्वरूप जान्नसकेनन् । हृदयमा बारम्बार चिन्तन गर्दा भगवान् जुन बेला मनुष्यमाथि कृपा गर्नु हुन्छ, त्यसै बेला मात्र मनुष्य वैदिक र लौकिक कर्म तथा व्यवहारबाट छुटकारा पाउँदछ ।

© २०२५ । डिल्लीराम गौतम

Leave A Comment

Your email address will not be published. Required fields are marked *

Related Posts